वीपी प्रतिष्ठानमा उपचाररत इटहरीका कोरोना संक्रमित बृद्धाको मृत्यु

वीपी प्रतिष्ठानमा उपचाररत इटहरीका कोरोना संक्रमित बृद्धाको मृत्यु

इटहरी : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचाररत इटहरीकी एक जना बृद्धाको मृत्यु भएको छ ।

प्रतिष्ठानको सह प्रवक्ता डा. चूडामणि पोखरेलले दिएको जानकारी अनुसार इटहरी २ की ७८ वर्षीय एक महिलाको उपचारको क्रममा १ बजे उपचारको क्रममा मृत्यु भएको हो ।

चैत्र २४ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनलाई २४ गते नै प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतकको शव व्यवस्थापन नियम अनुसार भइरहेको प्रतिष्ठानले जनाएको छ ।

सम्बन्धित खवर