टकुवामा सामुदायीक भवन निर्माण शुरु, डा.रिजालले गरे शिलान्यास

टकुवामा सामुदायीक भवन निर्माण शुरु, डा.रिजालले गरे शिलान्यास

किरण न्यौपाने
रंगेली / मोरगको सुनवर्षि नगरपालिका ५ रमणपुरमा सांसद विकास कोष मार्फत सामुदायीक भवन निर्माण शुरु भएको छ । आज एक कार्यक्रम विच पुर्व सञ्चार मन्त्री एव प्रतिनिधिसभा सदस्य डा.मिनेन्द्र रिजालले सामुदायीक भवनको शिलान्यास गर्नुभएको हो ।

रामनवमीको अवसरमा स्थानिय रामजानकी मन्दिर व्यवस्थापन समितिको आयोजनामा आयोजित मन्दिरको शिलालेख अनावरण तथा गणेश मन्दिर शिलान्यास समारोह विच सांसद रिजालले सामुदायीक भवनको शिलान्यास गर्नुभएको थियो । आर्थिक वर्ष २०७७/७८ को सांसद विकास कोष अन्र्तगत डा.रिजालले सो भवन निर्माणका लागी १२ लाख रुपैया उपल्वध गराएका छन् ।

दुर्ई कोठा सहित निर्माण हुन लागेको सामुदायीक भवन आगामी असार मसान्त भित्रमा निर्माण हुने वडाध्यक्ष राजेन्द्र प्रसाद दासले बताए । यतिबेला डा.रिजालको योजनामा सांसद विकास कोष मार्फत मोर¨ क्षेत्र नं.२ मा दजनौै योजनाहरु निर्माणधिन अवस्थामा रहेका छन् ।

साथै सो क्रममा रामजानकी मन्दिर व्यवस्थापन समितिले करिव १६ लाखको लागतमा निर्माण भएको मन्दिरको आयव्याय समेत सार्वजनिक गरि मन्दिर निर्माणमा सहयोग पुर्‍याउने चन्दादाताहरुलाई सम्मान गरेको छ । उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि रहनुभएका डा.रिजाल र प्रदेश सभा सदस्य लिलाबल्वभ अधिकारीले सम्मान पत्र उपल्वध गराउनुभएको थियो ।

कार्यक्रममा नेपाली काग्रेस जिल्ला सचिव मोदराज घिमिरे, गोपालमान सिंह राज भण्डारी, सुमन कुवर, बाबुराज कोइराला केशव राजवंशी, देबेन्द्र बस्नेत, राजकुमार कोइराला, विकास सिवाकोटी लगायतको सहभागी रहेका थिए ।

सम्बन्धित खवर