प्रतियोगीमा कोरोना संक्रमण देखिएपछि कमेडी च्याम्पियनको प्रसारण स्थगित

प्रतियोगीमा कोरोना संक्रमण देखिएपछि कमेडी च्याम्पियनको प्रसारण स्थगित

काठमाडौं । नेपाली रियालिटि शो कमेडी च्याम्पियनको प्रसारण स्थगित भएको छ ।

कमेडी च्याम्पियनको कार्यकारी निर्माता तथा अभिनेत्री केकी अधिकारी र प्रतियोगी श्रेया सुवेदीलाई कोरोना संक्रमण देखिएपछि एक साताका लागि शो स्थगित गरिएको हो ।

शंका लागेर कोरोना परीक्षण गराउँदा अभिनेत्री केकी अधिकारी र सहभागी श्रेयाको रिपोर्ट पोजेटिभ आएको हो । यो साता कमेडी च्याम्पियनको पुरानै शृङ्खला प्रसारण हुने छ ।

अभिनेत्री अधिकारीलाई कोरोना पुष्टि भएसँगै घिन्ताङ चलचित्रको छायाँकन पनि रोकिएको छ । पहिलो पटक टेष्ट गर्दा कोरोना पोजिटिभ देखिएको थियो । तर त्यसमा विश्वास नलागेपछि फेरी परीक्षण गर्दा पनि नतिजा पोजेटिभ आएको उनले बताएकी छन् ।

सम्बन्धित खवर