असिना पानीले सब्जी खेतिमा पुर्याएको क्षतिबारे कांग्रेस धनकुटाको स्थलगत अवलोकन

असिना पानीले सब्जी खेतिमा पुर्याएको क्षतिबारे कांग्रेस धनकुटाको स्थलगत अवलोकन

धनकुटा, धनकुटाको छथरजोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिकाको मूर्तीढुंगामा असिनापानीले तरकारी तथा अन्य बालीमा पुगेको क्षति सम्बन्धमा नेपाली कांग्रेस धनकुटाले स्थलगत अवलोकन गरेको छ ।

पार्टीका जिल्ला सभापति सहितको टोलीले प्रत्यक्ष रुपमा अवलोकन गरी क्षतिको विवरण समेत संकलन गर्दै पीडित किसानलाई तत्काल राहत उपलव्ध गराउन कांग्रेसले सरकार समक्ष माग समेत गरेको छ ।

टोलीले छथरजोपाटीको परेवादिन क्षेत्र र महालक्ष्मी नगरपालिकाको मूर्तीढुंगाको विभिन्न क्षेत्रमा स्थलगत अवोलकन गरी पीडित कृषकहरुलाई राहत उपलब्ध गराउन स्थानीय, प्रदेश र संघिय सरकार समक्ष माग गरेको हो ।

टोलिमा नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेल, उपसभापति नविन किशोर शाक्य, कोषाध्यक्ष दिनेश राई, महासमिति सदस्य घनेन्द्रराज श्रेष्ठ, नेपाल तरुण दल क्षेत्रीय सभापति तिलक महत लगायतको सहभागिता थियो ।

केही दिन अघि परेको असिना पानीले धनकुटा नगरपालिका क्षेत्रको विभिन्न स्थानमा लगाएको बन्दकोपी, फुलकोपी, आलु, मटर कोसा, साग लगायतका तरकारी बाली सहित एभोकाडो, सुन्तला, जुनार, लिचि लगायत फलफुल नष्ट भएकाे छ । असिना पानीका कारण कृषकहरुले करोडौ रुपैँया बराबरको क्षति बेहोर्नु परेको टोलीमा संलग्न सभापति अग्नि पौडेलले बताउनुभयो ।

सम्बन्धित खवर