प्रहरीकै अगाडी जेसिबीमा आगजनी, पथरी प्रहरीले लिएन जाहेरी

प्रहरीकै अगाडी जेसिबीमा आगजनी, पथरी प्रहरीले लिएन जाहेरी

पथरी, मोरङको पथरी शनिश्चरे ५ मा जेसिबी (डाेजर) मा आगजनी गर्ने बिरुद्ध परेको उजुरी प्रहरीले लिन मानेको छैन् ।

चैत ४ गते सरकारी नक्सामा रहेको बाटो खन्ने क्रममा पद्मा देवी उप्रेती र बेनिसा चौलागाई, उप्रेती सासु बुहारीले जेसिबीमा एकासी आगजनीको प्रयास गरेका थिए । सो समयमा वडा अध्यक्ष जोग बहादुर धिमाल, वडा सदस्यहरु, प्रहरी र स्थानीय समेतको उपस्थिति थियो । सोही समयमा पेट्रोल सहितको आगोको पुल्ठो उप्रती सासु बुहारीले जेसिबीमा झोसेका थिए । प्रहरी र स्थानीयले खोसेर आगो निभाए पनि ढुङ्गा प्रहारबाट जेसिबीमा भने क्षति पुगेको छ ।

घटना लगतै आगजनी गर्न खोज्ने महिलाहरुलाई प्रहरीले नियन्त्रणमा लियो तर बेलुका सम्मान सहित प्रहरी घरमै पु¥याउन गएपछि स्थानीयमा आशंका उब्जिएको थियो । जेसिबीमा डाइभर सहित आगो लगाउन खोजे, ३ दिन देखि न्यायका लागि इलाकामा वडाध्यक्ष, उपमेयर, वडा सदस्य र स्थानीयहरु धाइरहेका छौँ, स्थानीय दोर्ण पौडेलले भने – तर अझै हाम्रो उजुरी दर्ता भएन ।

जेसिबीको क्षतिपूर्तीको माग २ लाख गरिएको छ । पिडक महिलासंग पटक पटक क्षतिपूर्तीको माग गर्दा बरु २ लाख धरौटी तिरेर अदालतबाट घर अउने तर क्षतिपूर्तीको रकम नतिर्ने भन्दै आएको स्थानीय भक्त बहादुर धिमालले बताए । नगर, वडा देखि गाउँले सबै पिडित बनेर इलाका अउदा समेत उजुरी नलिने प्रशासनले भोली गाउँलेले त्यसरी नै त्यो महिलाको घरमा आगो लगाए भने यो प्रहरी प्रशासनले के गर्छ ? धिमालको प्रश्न छ । अझैपनि प्रहरीले उजुरी लिन आनाकानी गरेर बेवास्ता गरे सडकमा आउने र त्यसपछि हुने क्षतिकै सबै जिम्मा प्रहरीले लिनुपर्ने धिमालले बताए ।

वर्तमान प्रधान मन्त्री केपी ओलीको बहिनी साइने लाग्ने भएकैले प्रहरीले जाहेरी नलिएको स्थानीयको बुझाइ छ । स्थानीय बेखनलाल चौधरीले भने ओलीको बहिनी नाता लाग्छ अरे, प्रहरीकै अगाडी आगजनी, तोडफोड गर्दा पनि उजुरी नलिनु भनेको ओलीको पावरले पो हो की भन्ने आशंका छ । अब पनि कार्वाही प्रकृया अगाडी बढेन भने आउने समस्या कस्ले व्यहोर्छ ? चौधरीले प्रश्न गरेका छन् ।

प्रहरी प्रशासनको बेवास्ता

आगजनी र तोडफोड गरेको भनेर ४ गते नै इलाकामा उजुरी हालेको वडा सदस्य रेवत बहादुर बस्नेतले बताए तर इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) कृष्ण खड्काले उजुरी नै नआएको बताएका छन् । यही घटना मिलाउनका लागि आफैले छलफल गर्न लगाउने, आगजनी गर्ने महिलासंग मिलापत्र गर्न आफ्नै कार्यकक्षमा छलफल गरेका खड्काले उजुरी पनि दर्ता नगर्ने र क्षतिपूर्ती पनि तिराउन नसकेपछि स्थानीय सरकार नै आश्चर्यमा परेको छ ।

विवाद यस्तो थियो

नगरको रजत जयन्ती मार्गबाट बक्राहा घाट र महाराजथान जाने बाटो सरकारी नक्सामा छ । सो बाटो सञ्चालनका लागि पटक पटक गाउँमै छलफल गर्दा निचोड ननिस्केपछि स्थानीय जोगिराम धिमाल सहित २२ जनाले नगरको न्यायिक समितिमा उजुरी हाले । सो उजुरीका विषयमा न्यायिक समितिले सरकारी बाटोको भोग चलन पद्मा देवी उप्रेतीले गरिरहेको पाइएकाले अब उप्रान्त सो बाटो स्थानीयहरुले सरकारी बाटो खोली चलन चल्तीमा ल्याउनु भन्ने आदेश ग¥यो ।

२०७७/११/१६ गते न्यायिक समितिको आदेश आएपछि वडाध्यक्ष, प्रहरी प्रशासन, स्थनीयहरुको उपस्थितीमा बाटो खोल्ने क्रममा उप्रेती महिलाले आगजनी, तोडफोड गरेको स्थानीयले बताए ।

सम्बन्धित खवर