काठमाडौँ / कलाकार मदनकृष्ण श्रेष्ठको पूरै परिवारलाई कोराना संक्रमण देखिएको छ । कलाकार श्रेष्ठले आफूसहित छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
उनले कोरोनालाई खेलाँची नगर्न आग्रह गर्दै सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन् । कलाकार श्रेष्ठले आफ्नो जन्मदिनमा शुभकामना दिनेलाईसमेत सोही पोष्टमार्फत धन्यवाद दिएका छन् ।




