अब ५ जना भन्दा बढी मानिस सार्वजनिक स्थानमा भेला हुन नपाइने भएको छ । सरकारले नेपालमा कोरोना नयाँ भेरियन्टसहित संक्रमण फैलिने क्रम बढेकाले ५ जना भन्दा बढी भेला हुन नपाइने निर्णय गरेको हो ।
‘ नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’ जारी गर्दै सरकारले सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाउने भनेको हो ।
यो आदेशअनुसार वैशाखभर पार्टी प्यालेसहरु बन्द हुनेछन् भने विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।