नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । भोलि दिउँसो १ बजे बस्नेगरी बैठक बोलाएको हो ।
समसायिक राजनीतिक विषय र पार्टी संगठनबारे छलफल गर्न बैठक बोलाइएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटाले बताए । ओली नेतृत्वको सरकार बदल्न कसरत गरिरहेपनि नयाँ सरकार निर्माणको समीकरण बन्न नसक्दा माओवादी केन्द्रले सरकारबाट समर्थन भने फिर्ता लिएको छैन् ।