फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शनिबार रातिदेखि लागु हुने गरी डिजेल र मटितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य वृद्धि गरेको हो ।

अब काठमाडौंको लागि नयाँ खुद्रा बिक्री मूल्य पेट्रोलको प्रतिलिटर १ सय २१ र डिजेल, मटितेलको १ सय ४ रुपैयाँ तय गरिएको छ ।

निगमका अनुसार आन्तरिक उडानको लागि प्रयोग गरिने हवाइ इन्धनको मूल्यमा २ रुपैयाँ प्रतिलिटरले वृद्धि गरी गरेर ७६ रुपैयाँ कायम गरिएको छ ।

एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत नै राखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ६.७२ रुपैयाँ र डिजेलमा प्रतिलिटर ४४ पैसा घाटा छ ।

ग्यासमा प्रतिसिलिन्डर ४१.४७ रुपैयाँ घाटा भई १५ दिनमा ७०.६६ करोड घाटा हुने उपाध्यायले बताए । सो घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवस्थापन गरिने उनले बताए ।

गत चैत २२ गते पनि निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: