सुरक्षा पालुवा सहकारीको रक्तदान , ४४ यूनिट रगत संकलन

सुरक्षा पालुवा सहकारीको रक्तदान , ४४ यूनिट रगत संकलन

पोखरा : सुरक्षा पालुवा सहकारी संस्था लिमिटेडद्वारा पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको कालिकास्थानमा शनिबार आयोजित रक्तदान कार्यक्रममा ४४ यूनिट रगत संकलन भएको छ ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३३ का अध्यक्ष शिवप्रसाद आचार्यले संस्थाका अध्यक्ष टुल्कनाथ आचार्यलाई ब्लड व्याग हस्तान्तरण गरी सुरु भएको उक्त कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३३ का अध्यक्ष शिवप्रसाद आचार्यले रक्तदान जीवनदान भएको बताउँदै वडालाई सुन्दर बनाउने अभियानमा सहकारीहरूको महत्वपूर्ण भूमिका हुने बताए ।

पोखरा  ३३ का वडा सदस्य दिपकराज लामिछानेले कार्यक्रममा बोल्दै मानव जीबनका लागि रक्तदान महत्वपुर्ण र सवै भन्दा ठुलो दान भएको विचार राखे । रक्तदानको महत्व दिन प्रतिदिन बढदै गएको धारणा राख्दै आचार्यले प्रत्येक तीन तीन महिनामा रक्तदान गर्दा स्वयम आफ्नो स्वाथ्यमा पनि सहयोग पुग्ने वताए। सुरक्षा पालुवा वचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष टुल्कनाथ आचार्यको अध्यक्षतामा भएकोे कार्यक्रममा रक्तसंचार केन्द्र पोखराले प्रविधिक सहयोग गरेको कार्यक्रम संचालक संस्थाका सह-सचिव सतिश लामिछानेले जानकारी दिए।

सम्बन्धित खवर