भोलि बिहान ७ देखि दिउँसो १ बजेसम्म कास्कीका सबै स्थानमा विद्युत् अवरुद्ध हुने

भोलि बिहान ७ देखि दिउँसो १ बजेसम्म कास्कीका सबै स्थानमा विद्युत् अवरुद्ध हुने

पोखरा : भोलि बिहान ७ बजेबाट दिउँसो १ बजेसम्म कास्कीका सबै स्थानमा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । पोखरा ग्रीड सव–स्टेसनमा मर्मत हुने भए पछि कास्कीका सबै स्थानमा भोलि विद्युत् आपूर्ति अवरुद्ध हुने भएको हो ।

सव–स्टेसन मर्मत कार्य तोकिएको समयभन्दा अगाडि नै सम्पन्न भएको अवस्थामा भने विद्युत् आपूर्ति नियमित गरिने नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रले जानकारी दिएको छ ।

‘यही मिति २०७८ वैशाख ५ गते आइतबारका दिन पोखरा ग्रीड सव–स्टेसनमा हुने मर्मत कार्यका लागि बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म कास्की जिल्लाको सम्पूर्ण क्षेत्रहरुमा विद्युत् आपूर्ति अवरुद्ध हुने तथा उपरोक्त कार्य तोकिएको समयावधिभन्दा अगावै सकिएमा विद्युत् आपूर्ति नियमित गर्न सकिने व्यहोरा जानकारीका लागि अनुरोध छ ।’ नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्र मालेपाटनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसबाट उपभोक्ता वर्गमा पर्न गएको असुविधाप्रति नेपाल विद्युत् प्राधिकरण क्षमाप्रार्थी छ ।’

सम्बन्धित खवर