संसदीय समितिद्वारा तत्काल विद्यालय बन्द गर्न निर्देशन

संसदीय समितिद्वारा तत्काल विद्यालय बन्द गर्न निर्देशन

संसदीय समितिले तत्काल विद्यालय बन्द गर्न निर्देशन दिएको छ । समितिले बालबालिका कोभिड–१९ महामारीको जोखिममा परेको भन्दै तत्काल विद्यालय बन्द गरेर वैकल्पिक विधिबाट पठन पाठन सञ्चालन गर्न निर्देशन दिएको हो ।

राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको आज शुक्रबार बसेको बैठकले विद्यार्थीमा कोरोना संक्रमणको पुष्टि भइसक्दा पनि विद्यालय सञ्चालकहरुले विद्यार्थीको भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरिरहेको र त्यसले बालबालिकामा संक्रमणको जो’खिम बढाएको निष्कर्ष निकालेको हो ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एक कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ । अर्घाखाँची शीतगंगा नगरपालिका–३की ७० वर्षीया वृद्धाको बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्थायी अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको हो ।

चैत २९ गते कोरोना संक्रमण पुष्टी भएपछि सोही दिन अस्पताल भर्ना भएकी महिलामा ज्वरो र श्वासप्रश्वासको समस्या रहेको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । पछिल्लो एक हप्तामा यस अघि कोरोना विशेष अस्पतालमा चार जनाको मृत्यु भइसकेको छ ।

सिधाकुराबाट

सम्बन्धित खवर