असिना पानी र हुण्डरीले लाखौँको नोक्सान, सुकुम्बासी बस्तीका ३० भन्दा वढि घरमा क्षति

असिना पानी र हुण्डरीले लाखौँको नोक्सान, सुकुम्बासी बस्तीका ३० भन्दा वढि घरमा क्षति

पथरी, बिहिवार साँझ परेको असिना पानीसंगै आएको हुण्डरीले मोरङमा लाखौँको क्षति गरेको छ ।

मोरङको भिभिन्न स्थानमा आएको तिब्र हुण्डरी र भारी असिना पानीका कारण कृषकको तरकारी र नगदे बालीमा क्षति पु¥याएको छ । यस्तै पानीसंगै परेको असिनाका कारण जस्ता पाताले छाएका घरहरुमा क्षति पुग्दा लाखौँको नोक्सानी भएको हो । मोरङको उर्लाबारी २ भुसीमा परेको असिना पानीले करिब ३० बिगाह क्षेत्रफलमा रहेको मकै र सुर्यमुखी फुलको खेतीमा क्षति पु¥याएको छ ।

यस्तै, सोही क्षेत्रको सुकुम्बासी बस्ती र बाह्य बस्तीका घरहरुमा पनि क्षति पुगेको छ । जस्ताले छाएका घरहरुको जस्तापाता प्वाल पर्नुका साथै हुण्डरीले उडाएको छ । आजपनि पानी पर्ने हो भने सो क्षेत्रका स्थानीयहरुको बस्ने बासस्थान नै नहुने अवस्थामा पुगेका छन् ।

प्रभावित क्षेत्रमा पुगेर जनप्रतिनिधिको टोलीले निरिक्षाण गर्दै पिडित परिवारलाई आवश्यक क्षतिपूर्तीका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् । उर्लाबारी २ की वडा सदस्य वानु सुब्बाले पिडित परिवारका लागि तत्काल राहत पाउने गरि पहल थाल्ने बताउनुभयाे ।

यता रतुवामाई ९ भौडाहका युवाहरुले लगाएको खर्वुजो र तरकारी वाली लगभग सबै नष्ट भएको छ । यूथ इटहरा एग्रो ग्रुप प्रा.लिले लगाएको उक्त बालीमा ४ लाख बढी लगानी भएकोे ग्रुपका सदस्य तेजप्रसाद भण्डारीले बताउनुभयो ।

एग्रो ग्रुपले १ बिगााहमा खर्वुजो, १ बिगाहमा भिण्डी, ५ कठ्ठामा टमाटर र २ कठ्ठामा रायोसाग लगाएको थियो । केही दिनमा २ ट्रक खर्वुजो पाक्न लागेकामा अव खर्वुजो पुरै काम नलाग्ने अवस्थामा पुगेको भण्डारीले जानकारी दिनुभयो । एग्रो ग्रुपले वाली बिमा गर्न नसकेका कारण अव क्षतिपुर्ति समेत पाउन सक्ने अवस्था छैन् । सुरुदेखि नै बिमाका लागि दौडधुप गरे पनि बिमा कम्पनीले बिमा नगरिदिएको उनीहरुको गुनासो छ ।

यस्तै हसन्दह, अमरदह, इटहरा, रंगेली लगायतका क्षेत्रमा पनी असिना पानीले तरकारी, आँप, लिच्ची लगायतका फलफुल लगायतको नगदेवालीमा क्षति पु¥याएको छ ।

सम्बन्धित खवर