तेह्रथुम / तेह्रथुम जिल्ला छथर गाउँपालिका २ हमरजुङ खैरेनीका अग्नी पीडितलाई राहत स्वरुप सहयोग प्रदान गरीएको छ । तेह्रथुम छथर गाउँपालिका ४ फाक्चामारा हाक्पारामा जन्म भई हाल हङकङलाई कर्मथलो वनाउदै आउनुभएका समाजसेवी शिव ईमेहाङ लिम्बुले पीडित परिवारलाई सहयोग गरेका छन ।
आगलागीका कारण विचल्लीमा परेका लेकबहादुर श्रेष्ठ र चोखता श्रेष्ठलाई सहयोग गरेका हुन । ईमेहाङले अग्नि पिडित दुई परिवारलाई चामल ५० के जी को १-१ वोरा, सिरक, ढसना, कराइ, भड्डुको साथमा नगद रु. ३/३ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
छथर सुक्रबारे बजारमा एक कार्यक्रमका विच पीडित परिवारलाई छथर पत्रकार समाजका अध्यक्ष प्रकाश पाक्साँवाले हस्तान्तरण गरेका थिए ।
आगलागीले मानिस बस्दै आएका दुई घर जली नष्ट भएको हो । दुई घरमा जम्मा रु. ११ लाख ४६ हजारको क्षती भएको सुक्रबारे प्रहरी चौकीले जनाएको छ । आगलागीले बस्तीका घर र गोठहरु गरि जम्मा १० वटा जलेर नष्ट भएको थियो । अन्य क्षती भने मानिस नभएका कारण विबरण संकलन भई रहेको प्रहरीले जनाएको छ ।
सहयोगदाता ईमेहाङले विगत ५ वर्षदेखी खडेरीले भोकमारीमा परेका लाई चामल , आर्थीक अभावका कारण उपचार गर्न समस्यामा परेकालाई नगद, चिसोका कारण कठाङ्ग्रिन पुगेकालाई न्यनो सिरकको व्यास्थाको सहयोग लगायत आफुले अध्यपन गरेको छथर गाउँपालिका – ४ मा रहेको नवीन शिक्षा सदन माध्यमिक विद्यालयमा स्व. बाजे मेगनाथ र बोजु जसरानीको नाममा रु दुई लाखको मेगनाथ जसरानी अक्षयकोषको स्थापना गर्नु भएको थियो ।




