वीरगन्जको नर्सिङ क्याम्पसका २२ जना छात्रालाई कोरोना संक्रमण

वीरगन्जको नर्सिङ क्याम्पसका २२ जना छात्रालाई कोरोना संक्रमण

पर्सा : पर्साको वीरगन्जमा रहेको चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गतको नर्सिङ क्याम्पसका २२ जना छात्रालाई कोरोना संक्रमण देखिएको छ।

वीरगञ्जको बिर्तास्थित वीरगञ्ज नर्सिङ क्याम्पसमा अध्ययन गर्ने छात्रामा कोरोना संक्रमण देखिएको नारायणी अस्पतालका कोभिड–१९ संयोजक डा।सरोज रोशन दासले जानकारी दिए।

सुरुमा एक छात्रालाई संक्रमण देखिएको थियो। त्यसपछि परीक्षण गर्दा दुई दिनमा २१ छात्रामा संक्रण पुष्टि भएको हो। एउटै कलेजमा अध्ययन गर्ने २२ छात्रामा संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको छ,। कन्ट्याक्ट टे«सिङका क्रममा थप छात्रामा संक्रमण देखिन सक्ने दासले बताए।

पर्सामा तीन दिनमै ९६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। नारायणी अस्पतालको प्रयोगशालामा आइतबार ६० जनाको स्वाब परीक्षण गर्दा २८ जनामा संक्रमण देखिएको थियो।

त्यसैगरी सोमबार ९५ जनाको स्वाब परीक्षण गर्दा ४० जना र मंगलबार ७९ जनाको स्वाब परीक्षण गर्दा २८ जनामा कोरोना पुष्टि भएको कोरोना फोकल पर्सन दासले जानकारी दिए।

पर्सामा पुनः समुदायमा कोरोना संक्रमण फैलिएको आशंका गर्न थालिएको छ। गत वर्ष पर्सामा समुदायमै कोरोना संक्रमण फैलिएको थियो।

सम्बन्धित खवर