विराटनगरमा १३ सहित प्रदेश १ मा २६ जना कोरोना संक्रमित थपिए

विराटनगरमा १३ सहित प्रदेश १ मा २६ जना कोरोना संक्रमित थपिए

विराटनगर : प्रदेश १ मा आज २६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा मोरंगमा १३, झापामा ८, सुनसरीमा २, धनकुटामा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरंगको विराटनगरमा १३, झापाको विर्तामोड र दमकमा २–२, भद्रपुर, मेचीनगर, अर्जुनधारा र झापा गाउँपालिकामा १–१, सुनसरीको इटहरी र दुहवीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा १ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो । हाल सम्म संक्रमितको संख्या ३० हजार ४९६ पुगेको छ । संक्रमित भएका मध्ये २९ हजार ८७० संक्रमणमुक्त भएका छन् ।

प्रदेश १ मा आज २९७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीषण गरिएका मध्ये १२ महिला र १४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ३३ हजार ७६८ जनाको पीसीआर परीषण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

सम्बन्धित खवर