विराटनगरमा एक जना कोरोना संक्रमितको मृत्यु

विराटनगरमा एक जना कोरोना संक्रमितको मृत्यु

विराटनगर l विराटनगरमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। झापाको दमक–८ का ९२ वर्षीय वृद्धको आइतबार राति कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा मृत्यु भएको हो।

चैत २५ गते परिवारका ५ जनालाई संक्रमण भएपछि कोभिड अस्पतालमा भर्ना गरिएको थियो। मधुमेहबाट पनि पीडित वृद्धको राति १२ बजे मृत्यु भएको कोभिड अस्पतालका एपोलो भगतले जानकारी दिए।

उनका अनुसार वृद्धको मृत्यु भएपछि परिवारका अन्य ४ जना पनि घर फर्किएका छन्। संक्रमणमुक्त नभई उनीहरु मृतकको शव लिएर घर गएका हुन्। लक्षण नभएकाले घर जान दिइएको भगतले बताए।

कोभिड अस्पतालमा गत पुस २६ पछि पहिलो पटक संक्रमणबाट मृत्यु भएको हो। प्रदेश १ मा अहिले ११६ जना संक्रिय संक्रमित छन्।

 

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: