विभूषणहरु पोहोर नै छापिएकाले नयाँ नक्सा राख्न नपाएको हो : गृह मन्त्रालय

विभूषणहरु पोहोर नै छापिएकाले नयाँ नक्सा राख्न नपाएको हो : गृह मन्त्रालय

काठमाण्डौ : गृह मन्त्रालयले राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिलाई दिइएका विभूषणमा नयाँ नक्सा अंकित नभएको विषयमा आएका प्रतिक्रिया र समाचारको विषयमा ध्यानाकर्षण भएको जनाएको छ ।

हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्नुभएका विभूषणमा लिम्पियाधुरा तथा लिपुलेक समावेश नभएको पुरानै नक्सा रहेको भन्दै आलोचना भएपछि गृहले विभूषणहरु पोहोर नै छापिइसकेकाले नयाँ नक्सा राख्न नपाएको जनाएको छ ।

संविधान दिवसको अवसरमा २०७६ सालको असोज तीन गते घोषणा भएको विभूषण २०७७ सालको वैशाख एक गते वितरण गर्ने योजना अनुसार छापिएको र विभूषण छाप्दाको बेला नयाँ नक्सा जारी गर्ने निर्णय भइनसकेको गृहले प्रष्ट पारेको छ ।

कोरोनाको महामारीका कारण २०७७ सालको वैशाख एक गते दिइने विभूषण अहिले मात्रै दिइएको गृहको भनाइ छ । प्रशासनिक नक्सा जारी भइसकेपछिका विभूषणमा भने नयाँ नक्सा नै रहने गृहले जनाएको छ ।

सम्बन्धित खवर