नेपालमा गैंडाको सङ्ख्यामा वृद्धि: गैंडाको सङ्ख्या ७ सय ५२ पुग्यो

नेपालमा गैंडाको सङ्ख्यामा वृद्धि: गैंडाको सङ्ख्या ७ सय ५२ पुग्यो

काठमाण्डौ – नेपालमा गैंडाको सङ्ख्या सात सय ५२ पुगेको छ । यो सङ्ख्या पाँच वर्ष अघिको तुलनामा एक सय ७ ले बढी हो ।

सन् २०१५ मा गरिएको गैंडा गणनामा नेपालमा ६ सय ४५ वटा गैंडा थिए । यस वर्ष गरिएको गणनामा चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ९४ वटा, बर्दिया राष्ट्रिय निकुञ्जमा ३८ वटा, शुक्लफाँटा वन्यजन्तु आरक्षमा १७ वटा र पर्सा वन्यजन्तु आरक्षमा तीन वटा गैंडा भेटिएका हुन् ।

यस वर्ष गएको नौ गतेबाट गैंडा गणना शुरु गरी आज गैंडाको सङ्ख्या सार्वजनिक गरिएको हो । सन् २०१५ मा भएको गणनापछि एक सय ६१ वटा गैंडा मरेका थिए ।

सम्बन्धित खवर