पत्रकार महासङ्घ मोरङको अध्यक्षमा प्रेस चौतारीका संजिव खनाल विजयी

पत्रकार महासङ्घ मोरङको अध्यक्षमा प्रेस चौतारीका संजिव खनाल विजयी

विराटनगर : नेपाल पत्रकार महासङ्घ मोरङ शाखाको अध्यक्षमा संजिव खनाल निर्वाचित हुनुभएको छ । बुधबार भएको पत्रकार महासङ्घको निर्वाचनमा महासङ्घ मोरङमा प्रेस चौतारीका खनाल ६ मतले विजयी हुनुभएका हो ।

नवनिर्वाचित अध्यक्ष खनालले ९८ मत ल्याउनुभएको थियो भने प्रेस युनियन, प्रेस सङ्गठनको संयुक्त प्यानलबाट अध्यक्षका उम्मेदवार शंकर खरेलले ९२ मत ल्याउनुभयो । त्यस्तै उपाध्यक्षमा भने संयुक्त प्यानलका मोहन भट्टराई ९७ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी चौतारीका सन्तोष सिग्देल ९३ मतसहित पराजित हुनुभएको छ । महिला उपाध्यक्षमा युनियन–सङ्गठन प्यानलकी तारा आचार्य १०७ मतसहित विजयी हुँदा प्रेस चौतारीबाट चिना थापाले ७५ मत प्राप्त गर्नुभएको थियो ।

सचिवमा चौतारीका नेत्र पि अधिकारी ९६ मतसहित विजयी हुँदा युनियन-संगठनका हरी अधिकारीले ९४ प्राप्त गर्नुभएको थियो । त्यस्तै समावेशी सहसचिवमा अनिल श्रेष्ठ, खुला सहसचिवमा युनियन–सङ्गठन प्यानलकै पर्शुराम निरौला विजयी हुनुभएको छ ।

त्यस्तै कोषाध्यक्षमा ११७ मतका साथ अभयकुमार राई विजय हुँदा चौतारीका सुमन सुस्केराले ७२ मत प्राप्त गर्नुभयो ।

सम्बन्धित खवर