पछिल्लो २४ घण्टामा २६६ जना नयाँ संक्रमित थपिए, ४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २६६ जना नयाँ संक्रमित थपिए, ४ जनाको मृत्यु

नेपालमा विगत केही दिनयता लगातार एक सयभन्दा बढी संक्रमित फेला पर्न थालेका छन् । पछिल्लो २४ घन्टामा २ सय ६६ जना नयाँ संक्रमित थपिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर ४ हजार ५ सय ३६ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा कुल २ सय ६६ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएकाहरुमा प्रदेश १ का ९, प्रदेश २ मा ८, बागमतीका १ सय७९ , गण्डकीका ३६, लुम्बिनीका २५, कर्णालीका २ तथा सुदूरपश्चिमका ७ रहेका छन्

थपिएका २ सय ६६ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार २ सय १० पुगेको छ । यीमध्ये १ हजार ८ सय ३२ सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

देशभर थप १ सय २ जनाले कोरोना जितेर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका १ सय २ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७३ हजार ३ सय ४२ जना पुगेको छ । निको हुने दर ९८।३ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३६ जना पुगेको छ ।

सम्बन्धित खवर