तिरुपती प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रण बाहिर

तिरुपती प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रण बाहिर

इटहरी : इटहरी १० बिराटनगरलाईनमा रहेको तिरुपती प्लाई उद्योगमा बिहान देखी लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

बिहानै शुरु भएको आगलागी नियन्त्रणमा विभिन्न पालिकाका दर्जनौ बारुण यन्त्र, नेपाली सेना नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालित भए पनि आगो नियन्त्रणमा आउन सकेको छैन ।

विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । आगलागीबाट उद्योगमा उत्पादन गरी बिक्री का लागि तयार सबै प्लाई जलेर नष्ट हुनुका साथै मिल मेशिनरी समेत काम नलाग्ने भएका छन ।

आगलागी नियन्त्रण भईनसकेकाले कति रकम बराबर क्षति भयो भन्ने यकिन हुन सकेको छैन । यद्यपी आगलागीबाट करोडौं रुपैँयाको क्षति भएको अनुमान छ ।

सम्बन्धित खवर