सुनसरीबाट ८७ केजी गाँजासहित दुईजना पक्राउ

सुनसरीबाट ८७ केजी गाँजासहित दुईजना पक्राउ

इटहरी : सुनसरीबाट प्रहरीले ८७ केजी गाँजासहित दुईजनालाई पक्राउ गरेको छ ।

कोशी गाउँपालिका–४ कोशी कटान देखि ५ सय मिटर पश्चिमको बाँसझाङमा बालुवाको थुप्रोमा खाल्डो बनाई लुकाई छिपाई राखेको अवस्थामा ३ वटा प्लाष्टिकको बोरामा ८७ किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा सुनसरी कोशी गाउँपालिका –६ श्रीपुर बस्ने उदय कुमार मुखिया र सोही स्थान बस्ने भक्ति भन्ने बिहारी मुखिया रहेका छन् । नेपालमा प्रतिबन्धित गाँजा तस्करी गरी भारततर्फ लैजादै छन् भन्ने बिशेष सूचनाको आधारमा उनीहरुलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैजनालाई लागूऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत मुद्धा दर्ता गरी सुनसरी जिल्ला अदालतबाट म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर