उर्लाबारीबाट लागुऔषध गाँजा सहित एक जना पक्राउ

उर्लाबारीबाट लागुऔषध गाँजा सहित एक जना पक्राउ

उर्लाबारी ३ थापा चौकमा बस्ने ३८ बर्षीय प्रेम धिमाल लागुऔषध गाँजा सहित पक्राउ परेका छन ।

उनलाई आज दिउसो २ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले ४ के।जी।भन्दा बढि गाँजा सहित पक्राउ गरेको हो ।

धिमालले घरमा गाँजा लुकाई राखेको भन्ने बिशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा खाटमुनी जेब्रा झोलामा लुकाई राखेको १र१ के।जी।को ४ पोका र खुल्ला अबस्थामा रहेको ८०० ग्राम गाँजा फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । उनि उपर थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर