विराटनगरमा ३ सहित प्रदेश नं १ मा आज ८ जनामा कोरोना सङ्क्रमण पुष्टि

विराटनगरमा ३ सहित प्रदेश नं १ मा आज ८ जनामा कोरोना सङ्क्रमण पुष्टि

विराटनगरमा ३ सहित प्रदेश नं १ मा आज ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार आज थपिएकामा विराटनगर महानगरपालिकामा १ महिला २ पुरुष सँगै ३ जना, सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिकामा १ पुरुष, धरान उपमहानगरपालिकामा १ महिला र दुहबी नगरपालिकामा १ पुरुष गरी ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यसै गरी झापाको कनकाई नगरपालिकामा १ जना पुरुष र पाँचथरको कुम्मायक गाउँपालिकामा १ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

आज प्रदेश नं १ मा २ महिला सहित ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । अहिले सम्म प्रदेश १ मा जम्मा ३० हजार ३ सय ३९ जनामा कोरोना सङ्क्रमण भएको छ ।

२९ हजार ८ सय २३ जना निको भएका छन् भने ४ सय ६६ जनाको मृत्यु भएको छ भने अहिले ५१ जना आइसोलेसनमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर