काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आज नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनललाई भेट्न जाँदै छिन् ।
स्रोतका अनुसार एमालेका वरिष्ठ नेता खनालाई भेट्न आज उनको डल्लुस्थित निवास जाँदै छिन् । मिर्गौलामा समस्या देखिएका खनालको स्वास्थ्यबारे बुझ्न राष्ट्रपति डल्लु जान लागेकी हुन् ।
अहिले एमाले आन्तरिक विवादमा रुमल्लिएको अवस्थामा राष्ट्रपति भण्डारी खनाल निवास जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।