सर्लाही : सर्लाहीको हरिवनमा शनिबार बिहान आगलागी हुँदा १५ वटा चौपायाको जलेर मरेका छन् ।
हरिवन नगरपालिका ९ बस्ने रमेश उप्रेतीको गोठमा बिहान ३ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीाबाट गोठमा बाँधिएको एउटा पाडी र १४ वटा खसी बाख्रा जलेर मरेका हुन् ।
आगलागीले तीन लाख बराबरको क्षति भएको छ । आगोलाई स्थानीय प्रहरी र दमकलको सहयोगमा निभाइएको थियो ।