प्रदेश १ की सामाजिक विकासमन्त्री उषाकला राईलाई लोकल रक्सी उपहार

प्रदेश १ की सामाजिक विकासमन्त्री उषाकला राईलाई लोकल रक्सी उपहार

खोटाङ : प्रदेश १ की सामाजिक विकासमन्त्री उषाकला राईलाई खोटाङका स्थानीयले लोकल रक्सी उपहार दिएका छन् ।

सामाजिक विकासमन्त्री भएपछि पहिलोपल्ट गृहजिल्ला प्रवेश गरेकी राईलाई शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका स्थानीयले आल्चाको तिनपाने रक्सी उपहार दिएका हुन् ।

खोटाङको पहिलो महिला मन्त्रीका रूपमा वडा कार्यालय बुइपाले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री राईलाई बधाइसँगै उपहारस्वरूप एक बोत्तल लोकल रक्सी दिइएको हो ।

मन्त्री राई लोकल रक्सीमाथिको ब्यान्ड ९प्रतिबन्ध० फुकुवा गरेर ब्रान्ड बनाउने अभियन्ता हुन् । सांसदको भूमिकामा रहेका बेला लोकल रक्सीमाथिको प्रतिबन्ध फुकुवा गरेर औद्योगिकीकरण गर्नुपर्ने आवाज उठाउँदै आएका कारण मन्त्री राईलाई बुइपाबासीले अभियानको सफलताका लागि लोकल रक्सी उपहार दिएका हुन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले घर भएकी राई गत १३ चैतमा प्रदेशको सामाजिक विकासमन्त्री नियुक्त भएकी हुन् ।

सम्बन्धित खवर