सुनवर्षीको बरडंगा स्वास्थ्य चौकीमा निःशुल्क आँखा शिविर सम्पन्न

सुनवर्षीको बरडंगा स्वास्थ्य चौकीमा निःशुल्क आँखा शिविर सम्पन्न

 

मोरङको सुनवर्षी नगरपालिकास्थित बरडंगा स्वास्थ्य चौकीमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

शनिबार रामलाल गोल्छा आँखा अस्पताल र संकल्प फाउन्डेसनको संयुक्त सहयोगमा आँखा शिविर सञ्चालन भएको हो ।

आँखा शिविरमन करिब १ सय २५ जनाले आँखा जाँच गराएको संकल्प फाउन्डेसनका अध्यक्ष अमिता यादवले जानकारी दिनुभयो ।

कार्यक्रममा मोरङ क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद डा. मिनेन्द्र रिजाल,प्रदेशसभा सदस्य शिवनारायण सिंह, सुनवर्षी नगरपालिकाका नगरप्रमुख कालिप्रसाद दास, नेपाली काङ्ग्रेस मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बू लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर