काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक सय ६५ वटा सडकको एकैपटक शुभारम्भ गर्दै हुन्नुहुन्छ । एक सय ६५ वटै संघीय निर्वाचन क्षेत्रमा एक९एक सडकका दरले सडक शुभारम्भ गर्न लागिएको सडक विभागले जनाएको हो ।
प्रधानमन्त्री ओलीले आफ्नो सरकारी निवास बालुवाटारबाट आज बिहान ११ बजे शिलान्यास गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
‘डिजिटल रुपमा स्वीच थिचेर सडक शुभारम्भ गर्न लागिएको हो । हिमाल, पहाड र तराइमा छुट्टाछुट्टै संरचनाअनुसार सडक निर्माण गरिने छ’, थापाले भन्नुभयो । सांसदहरुले ठूलो दरमा स्थानीय पूर्वाधार विकास कार्यक्रममा बजेट मागेपछि चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले एक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने गरी कार्यक्रम ल्याएको थियो । यो वर्ष सरकारले प्रत्यक निर्वाचन क्षत्रेमा एउटा सडक बनाउने कार्यक्रमका लागि ३ अर्ब २० करोड बजेट छुट्याएको छ ।