सशस्त्र प्रहरीद्वारा रङ्गेलीबाट ठूलो मूल्य बराबरको अवैध सामान बरामद

सशस्त्र प्रहरीद्वारा रङ्गेलीबाट ठूलो मूल्य बराबरको अवैध सामान बरामद

विराटनगर : सीमा सुरक्षा र तस्करी नियन्त्रणको मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरीले मोरङको रङ्गेलीबाट ठूलो मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।

भारतबाट तस्करी गरेर ल्याउँदै गरेको अवस्थामा रङ्गेली नगरपालिका–५ आमगाछीस्थित धनाट्टि टोलबाट दैनिक उपभोग्य सामाग्रीसहित अन्य वस्तु सशस्त्रले नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलका अनुसार तस्करीमा प्रयोग गरिएको को १ ख ४४०० नम्बरको मिनी ट्रकसहित अवैध रुपमा भारतबाट ल्याइएको चामल, चिनी, गहुँ, चोकरसमेतका सामाग्री नियन्त्रणमा लिइएको छ ।

सशस्त्र प्रहरी बल बीओपी ९बोर्डर आउट पोस्ट० रङ्गेलीका प्रहरी निरीक्षक कमलबहादुर अधिकारी नेतृत्वको टोलीले शुक्रबारसाँझ ट्रकसहित तस्करी गरेर ल्याइएको १६ लाख मूल्य बराबरको सामान बरामद गरेको हो । पौडेलका अनुसार सीमा क्षेत्रमा कडाई गरिएपछि तस्करीमा संलग्नले ढुवानीका ठूला साधनको प्रयोग गर्दै अवैध धन्दा चलाइरहेको खुलेको छ । ट्रकभित्र भुसको बोराले छोपेर भन्सार छली गरेर ल्याउँदै गरेको अवस्थामा खाद्यान्न, उपभोग्य वस्तु लगायतका सामान बरामद भएको उनको भनाइ छ ।

अवैध सामान बरामद गरिएको धनापट्टिमा सशस्त्र प्रहरीको बीओपी यही चैत ९ गते उद्धघाटन गरेर सञ्चालनमा ल्याइएको थियो । सशस्त्र प्रहरीले मोरङको बेलबारीमा किराना पसल सञ्चालन गरेर बसेका भरत साहले तस्करीको सामान ल्याएको जनाएको छ । उनी अहिले फरार छन् । सशस्त्रले नियन्त्रणमा लिएर चेकजाँच गर्न खोज्दा ट्रक छाडेर चालक फरार बनेपछि खोजी तीव्र पारिएको एसपी पौडेलले बताए । उनका अनुसार बरामद भएको तस्करीका सामानसहित ट्रकलाई आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइने छ ।

सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी वंशीराज दाहालले सीमा क्षेत्रबाट हुने चोरी तस्करी लगायतका अवैध गतिविधी नियन्त्रणमा लिन निर्देशन दिएका छन् । सीमा क्षेत्रमा शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउन निर्देशन दिँदै उनले विशेष टोली पनि परिचालन गरेका छन् । सिमावर्ती मोरङमा सशस्त्र प्रहरीको ११ वटा बीओपी छन् ।

डीआईजी दाहालका अनुसार दुई देशबीचको सीमा क्षेत्रलाई व्यवस्थित गर्दै तस्करी नियन्त्रण गरेर राज्यको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याएर सीमा क्षेत्रका बासिन्दालाई विपद्का समयमा सहयोग गर्ने र चोरी डकैती नियन्त्रण गरेर आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउने अभियानमा सशस्त्र प्रहरी छ । विभिन्न खाले अपराध, अवैध गतिविधी, सीमा अतिक्रमण लगायतका समस्या र चोरी तस्करी नियन्त्रणमा सम्झौता नगर्न सशस्त्रलाई उनको निर्देशन छ ।

सम्बन्धित खवर