विराटनगरबाट लागुऔषधसहित एक जना पक्राउ

विराटनगरबाट लागुऔषधसहित एक जना पक्राउ

विराटनगर : प्रहरीले मोरङको विराटनगरबाट लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय रानीको टोलीले विराटनगर महानगरपालिका–१६ दरैयाबाट सुनसरीको इटहरी उपमहानगरपालिका–२ का २५ वर्षीय अमृत मग्रातीलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार मग्रातीको साथबाट एभिल, लुपिजेसिक, डाइजेल्याप, फेनारगनसमेतका लागुऔषध बरामद भएका छन् ।

पक्राउ परेकाविरुद्ध प्रहरीले लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउने तयारी गरेको छ ।

 

सम्बन्धित खवर