शुक्रबार देशभरका ३ सय २३ ठाउँको वनमा आगलागी

शुक्रबार देशभरका ३ सय २३ ठाउँको वनमा आगलागी

काठमाडौं : देशभर ३ सय २३ ठाउँको वनमा आगलागी भइरहेको छ। शुक्रबार यो समाचार तयार पार्दासम्म ३३ जिल्लाको वनमा डढेलो लागिरहेको छ।

अछाम ९, अर्घाखाँची १, बैतडी ६,बाजुरा १,बाँके १४, बर्दिया ३६,चितवन १०,डडेलधुरा ३१,दैलेख १३,दाङ १९,दार्चुला १,डोटी २०,गुल्मी २,जाजरकोट १०, जुम्ला ५,कैलाली १३ ,कालीकोट ९, कन्चनपुर १८,खोटाङ १,मकवानपुर ३,नवलपुर २,परासी ३,पाल्पा २,पर्सा ६,प्युठान ४,रोल्पा २, पश्चिम रुकुम २, पूर्वी रुकुम २, रुपन्देही २,सल्यान २८, सिन्धुली १ र सुर्खेतको वनमा ४७ ठाउँमा आगलागी भइरहेको वन तथा भू–संरक्षण मन्त्रालयअन्तर्गत वन डढेलो पहिचान प्रणालीले जानकारी दिएको छ।

बुधबार पानी परेकोले बिहिबार वन डढेलोमा कमी आएपनि आएपनि आज पुनः वनमा डढेलो बढेको छ। हिजो १९ जिल्लाको ५९ वटा वनमा डढेलो लागेको थियो।

विभागका अनुसार आगलागी भएका ठाउँका स्थानीय निकाय र डिभिजन वन कार्यालयलाई जानकारी गराइसकेको छ। वन कार्यालयमा इमेल र एसएमएस गरेर सूचना दिने गरिएको छ। डिभिजन वन कार्यालयले स्थानीय तहसँग सहकार्य गरी आगलागी नियन्त्रण गरिने गरेको छ।

आगलागी नियन्त्रणमा सुरक्षाकर्मी र वारुण यन्त्रको प्रयोग गरिने गरिएको छ। मानिसहरूले चुरोट खाएर फाल्ने, वनभोजमा गएकाले आगो छोडेका तथा नयाँ रूख पलाउने आशामा आगलागी हुन गरेको छ।

सम्बन्धित खवर