सङ्खुवासभा बस दुर्घटना : ३२ जना घाइतेमध्ये १३ जनाको अवस्था गम्भीर

सङ्खुवासभा बस दुर्घटना : ३२ जना घाइतेमध्ये १३ जनाको अवस्था गम्भीर

सङ्खुवासभा : सङ्खुवासभाको मादी नगरपालिकाबाट धरानतर्फ जाँदै गरेको बस धर्मदेवी नगरपालिका–४ मा दुर्घटना हुँदा ३२ यात्रु घाइते भएका छन् ।

को१ख २८२४ नम्बरको शुभम् डिलक्स बस धर्मदेवी–४मा दुर्घटना हुँदा ३२ यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरिक्षक योगराज खतिवडाले जानकारी दिए।

बस दुर्घटनामा घाइते भएका १९ जनाको प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा उपचार भइरहेको छ भने बाँकी गम्भीर घाइते १३ जनालाई सुनसरीको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।

बस चालक र सहचाकल फरार रहेका छन् ।

सम्बन्धित खवर