पछिल्लो २४ घण्टामा १५२ जना कोरोेना संक्रमित थपिए , १ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १५२ जना कोरोेना संक्रमित थपिए , १ जनाको मृत्यु

 काठमाडाैँ : पछिल्लो २४ घण्टामा देशभर थप १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा कुल ४ हजार २१३ जनाको पीसीआर परीक्षण गर्दा १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै कुल संक्रमितको संख्या २ लाख ७७ हजार ४६१ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ६५ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ८५१ पुगेको छ। काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ। मृतकको कुल संख्या ३ हजार ३१ पुगेको छ।

सम्बन्धित खवर