ताप्लेजुङमा एक जना ढुङ्गाको चेपमा मृत अवस्थामा फेला

ताप्लेजुङमा एक जना ढुङ्गाको चेपमा मृत अवस्थामा फेला

ताप्लेजुङ : ताप्लेजुङमा एक जना मृत अवस्थामा फेला परेका छन् ।

मिक्वाखोला गाउँपालिका(४ थलङ बस्ने ३७ वर्षीय जित बहादुर गुरुङ सोही ठाउँस्थित चोक्टी भन्ने स्थानमा ढुङ्गाको चेपमा बुधवार मृत अवस्थामा फेला परेका हुन् ।

जित बहादुर गत बिहीवारदेखि हराएको भनी जानकारी प्राप्त भएपश्चात खोजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

सम्बन्धित खवर