नेपाल टेलिकमको तार चोरी गर्दै गरेको अवस्थामा इटहरीबाट २ जना पक्राउ

नेपाल टेलिकमको तार चोरी गर्दै गरेको अवस्थामा इटहरीबाट २ जना पक्राउ

इटहरी : इलाका प्रहरी कार्यालय इटहरीले नेपाल टेलिकमको तार चोरी गर्दै गरेको अवस्थामा २ जनालाई पक्राउ गरेको छ।

तार चोरी गर्दै गरेको अवस्थामा इटहरी ५ बस्ने ३१ वर्षीय ईश्वर लिम्बू र २४ वर्षीय मेनुका राईलाई पक्राउ गरेको इटहरीका डिएसपी अर्जुन केसीले जानकारी दिए ।

इटहरी(५ स्थित पूर्व पश्चिम राजमार्गको खेती खोला पुलमा गत ०९ गते ११स्२० बजेको समयमा नेपाल टेलिकमबाट अण्डर ग्राउण्ड गरिएको १२ सय पाइरको केवल काट्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रहरीले उनीहरूको साथबाट बन्चरो छेनो र हेक्सो ब्लेड पनि नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुबैलाई सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको डिएसपी केसीले बताए।

सम्बन्धित खवर