प्रचण्ड-देउवा भेटवार्ता, सरकारलाई दिएको समर्थन फिर्ता लिन आग्रह

प्रचण्ड-देउवा भेटवार्ता, सरकारलाई दिएको समर्थन फिर्ता लिन आग्रह

काठमाण्डौ :  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भेट भएको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने नैतिक दबाबमा रहेका दाहालले सत्ता समीकरणका लागि छलफल गर्न देउवासँग भेट्नुभएको हो ।

देउवासँगको भेटमा दाहालले पुरानै प्रस्ताव दोहोरयाउनुभएको थियो। उहाँले ओलीको विकल्पमा देउवाको नेतृत्वमा सरकार गठनको प्रस्ताव राखेको देउवानिकट एक नेताले बताए । ती नेताका अनुसार दाहालले देउवालाई सरकार गठनका लागि पहलकदमी लिन पनि आग्रहगर्नुभएको थियो।

‘तपाईं प्रधानमन्त्री बन्नुस्। यसका लागि पहलकदमी लिनुस्,’ दाहालको भनाइ उद्धृत गर्दै काँग्रेस नेताले भने, ‘ओली सरकारको निरन्तरता लोकतन्त्र र संविधानका लागि खतरापूर्ण छ। अब काँग्रेस, जसपा र माओवादी केन्द्र मिलेर अघि बढ्नुपर्छ ।’

काँग्रेसमा पनि देउवाले सरकारको नेतृत्व गर्नुपर्छ भन्नेमा एकमत छ । देउवा भने अझै तयार देखिँदैनन् । उहाँले दाहाललाई अझै परिस्थिति परिपक्व नबनिसकेको जवाफदिनुभयो । देउवाले दाहाललाई सरकारलाई दिएको समर्थन फिर्ता लिन आग्रह गर्नुभयो । बहुमतको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नु अपरिपक्व कदम हुने देउवाको बुझाइ छ।

सम्बन्धित खवर