अदालत मजाक गर्ने ठाउँ होइन : प्रधानमन्त्री ओली

अदालत मजाक गर्ने ठाउँ होइन : प्रधानमन्त्री ओली

काठमाडौं : नेकपा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नाम विवादबारे सर्वोच्च अदालतमा पुनरावलोकन गर्ने कार्यलाई ‘मजाक’ भएको टिप्पणी गरेकी छिन् ।

फागुन २३ मा सर्वोच्चले एमाले र माओवादी केन्द्र ब्युँताएको फैसलालाई चित्त नबुझेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार अदालत पुगेका थिए । त्यसलाई लक्षित गर्दै ओलीले मजाक भनेका हुन् ।

मंगलबार रिपोर्टर्स क्लबको वार्षिकत्सोवमा ओलीले भने, ‘पुनरावदेनका लागि अदालत जानु भएको छ क्यार । अदालत मजाक गर्ने ठाउँ हो ?’

सर्वोच्चको फैसलापछि निर्वाचन आयोगले उपलब्ध गराएको १५ दिने समयावधिमा पार्टी एकताको पक्षमा आफूले पहल गरेपनि प्रचण्डले अस्वीकार गरेको ओलीले दाबी गरे ।

प्रचण्डलाई फोन गर्दा केन्द्रीय कमिटी बैठकमा भएको भन्दै टारेको ओलीले बताए । ओलीले पार्टी एकता कायम अर्को पक्षले नराखेको उल्लेख गर्दै भने, ‘एकता बाँकी नै थियो र? अदालतले फुटाइदियो भन्न?’

ओलीले प्रचण्डले नेपालको राजनीति धमिल्याएको आरोप लगाएका छन् ।

ओलीले यो देश प्रचण्डकै कारण देशमा समस्या परेको बताएका हुन् । ‘एकाध मान्छेको तीव्र महत्वाकांक्षा छ, देश बनाउने उद्देश्य छैन, पदको स्वार्थ भएका मान्छेको कारण समस्या भएको छ’, ओलीले थपे, ‘केही मान्छेहरुले देशको राजनीतिलाई धमिल्याउन खोजे । के यो देश प्रचण्ड भन्ने मान्छेको स्वार्थकाे सती जानुपर्ने हो ?’

सम्बन्धित खवर