त्रिदेशीय कप विजेता खेलाडीले जनही एक लाख पाउने

त्रिदेशीय कप विजेता खेलाडीले जनही एक लाख पाउने

त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका खेलाडीले जनही रु एक लाख पुरस्कार पाउने भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले मङ्गलबार विज्ञप्ति जारी गर्दै खेलाडीलाई जनही एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो ।

सोमबार दशरथ रङ्गशालामा भएको फाइनल खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । नेपालका लागि सन्जोक राई र विशाल राईले एक–एक गोल गरेका थिए ।

बङ्गलादेशका लागि सान्त्वना गोल महबुबुर रहमानले गरेका थिए । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो ।

विजेता भएबापत नेपाली टोलीले पाँच हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ भने उपविजेता बङ्गलादेशले तीन हजार डलर पुरस्कार प्राप्त गरेको छ ।

May be an illustration

सम्बन्धित खवर