१५ दिने उद्घोषण र २ महिने कम्प्युटर तालिमको उद्घाटन

१५ दिने उद्घोषण र २ महिने कम्प्युटर तालिमको उद्घाटन

पथरी, मोरङको पथरी शनिश्चरे ९ मा १५ दिने उद्घोषण तालिम र २ महिने कम्प्युटर तालिमको मंगलबार उद्घाटन गरिएको छ ।

वडा नं. ९ को आर्थिक सहयोगमा आदिवासी जनजाती महासंघ वडा कार्यसमितिले सो तालिमको उद्घाटन गरेको हो । एक औपचारिक कार्यक्रमका बिच वडा सदस्य निर्मला गदालले तालिमको उद्घान गर्नुभयो । वडाले बिनियोजन गरेको बजेटको सहि सदुपयोग गरेर लक्षित समुदायहरुको स्तर उकास्नुपर्ने गदालले बताउनुभयो ।

आदिवासीहरुको हक हितका लागि महासंघ सदैव लागिरहेको महासंघका पथरी शनिश्चरे नगर सचिव देवेन्द्र वनेमले बताउनुभयो । राज्यको पहुँच भन्दा टाढा रहेका लक्षित समुदायको स्तर उकास्नका लागि राज्यले लगानी गरेको बजेटबाट सबैले लाभ लिन वनेमले सुझाव दिनुभयो ।

लक्षित वर्ग अन्तर्गत रहेको ३ लाख रुपैँयाको बजेटबाट १५ दिने उद्घोषण तालिम, कम्प्युटर हार्डवेयर र सफ्टवेयर तालिम दिइने महासंघको वडा कमिटि अध्यक्ष शुक्रराज लिम्बूले जानकारी दिनुभयो । कम्प्युटर तालिमका लागि शनिश्चरेमा रहेको अलइनवान यूनिभर्सल इष्टिच्युटलाई जिम्मेवारी दिइएको छ । १५ दिने उद्घोषण तालिमको सहजिकरण भने संचारकर्मी भिमराज अधिकारीले दिने जनाइएको छ ।

सम्बन्धित खवर