पछिल्लो २४ घण्टामा कोभिड–१९ का १६७ संक्रमित थपिए, तीन जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोभिड–१९ का १६७ संक्रमित थपिए, तीन जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा कोभिड–१९ का १६७ संक्रमित थपिएका छन् ।

तीन हजार १४० वटा नमुनाको पीसीआर परीक्षण गरिएकोमा १६७ जनाको नतिजा पोजेटिभ आएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७७ हजार १४७ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ११५ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७२ हजार ७२७ पुगेको छ ।

त्यस्तै, पछिल्लो चौबीस घण्टामा तीनजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या तीन हजार ३० पुगेको छ ।

हाल क्वारेन्टिनमा ५३ जना छन् भने आइसोलेसनमा एक ३९० जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर