हात्तीपाइले रोग विरुद्धको औषधि चैत्र २० देखि २६ गतेसम्म खुवाइने

हात्तीपाइले रोग विरुद्धको औषधि चैत्र २० देखि २६ गतेसम्म खुवाइने

पथरी, मोरङको पथरी शनिश्चरे नगरमा चैत २० गतेबाट सुरु हुने हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रमका बारेमा आज स्थानीय पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राईले औषधि सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन नगरका रहेका पत्रकारहरुको महत्वपूर्ण भूमिका रहने भएको उल्लेख गर्दै उहाँहरुसँग समाचार तथा सूचनामार्फत अभियानको प्रचार प्रसारको अपेक्षा व्यक्त गर्नुभयो । चैत २० देखि २६ गतेसम्म स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविकाले घर घरमा पुगेर औषधि सेवन गराउने कार्यक्रम रहेको प्रष्ट्याउदै उहाँले नगरवासीलाई अनिवार्य औषधि सेवन गर्न आव्हान समेत गर्नुभयो ।

कार्यक्रममा स्वास्थ्य शाखाका जगत मगरले हात्तीपाइले रोग, त्यस विरुद्ध औषधि सेवन लगायतका बारेमा सहजिकरण गर्नुभयो । चैत १९ गते नगरमा औषधि खाएर अभियानको उद्घाटन् गरी २० गतेबाट घर घरमा पुगेर औषधि सेवन गराइने छ । गर्भवती, ७ दिनसम्मको सुत्केरी, जटिल रोगी र ओछ्यान परेका विरामी, २ वर्ष मुनीका बालबालिकाले बाहेक अन्य सबैले औषधि सेवन गर्न हुने जनाइएको छ ।

नगरले गत वर्ष ५७ हजार ६ सय ३६ जनालाई औषधि सेवन गराएर लक्ष्यको ९१ प्रतिशत सफलता हासिल गरेको थियो । औषधि सेवन गर्न नहुने समूह छुट्याएर यस वर्ष ६१ हजार ७ सय ३६ जनालाई औषधि सेवनको लक्ष्य बनाइएको छ ।

सम्बन्धित खवर