बेलबारीको लोहोन्द्रा खोलानजिक बेवारिसे अवस्थामा पुरुषको शव फेला

बेलबारीको लोहोन्द्रा खोलानजिक बेवारिसे अवस्थामा पुरुषको शव फेला

विराटनगर : मोरङको बेलबारी नगरपालिका–३ स्थित लोहोन्द्रा खोलानजिक बेवारिसे अवस्थामा एक पुरुषको शव भेटिएको छ।

पिपलको रुख मुनी म्याट ओछ्याएर झोलाको सिरानी लगाएर सुतिरहेको अवस्थामा शव भेटिएको मोरङ प्रहरीले जनाएको छ ।

मृत भेटिएका अन्दाजी ५५ वर्षीय पुरुषको पहिचान खुलेको छैन। आफन्त वा पारिवारिक नाता सम्बन्धका कोही पनि सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।

बाटो हिँड्ने बटुवाले पिपलको रुखमुनि शव देखेपछि प्रहरीलाई खवर गरेका थिए। स्थानीय बासिन्दाले दिएको जानकारी अनुसार मृतक केही समय अघिदेखि बेलबारी क्षेत्रमा मागी खाएर हिँड्थे ।

प्रहरीले बिरामी परेर वा शारीरिक रुपमा कमजोर भएका कारण सुतेकै ठाउँमा उनको मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ।

प्रहरीले घटनास्थलबाट उठाउँदै शव पोस्टमार्टमका लागि धरानस्थित बीपी प्रतिष्ठान लगेको छ।

सम्बन्धित खवर