ताप्लेजुङमा ब्रेक फेल भएर टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना गम्भीर घाइते

ताप्लेजुङमा ब्रेक फेल भएर टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना गम्भीर घाइते

ताप्लेजुङमा ब्रेक फेल भएर सोमबार राति टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुई जना गम्भीर घाइते भएका छन् । पाथीभरा यमबरक–४ स्थित भित्री ग्रामीण सडक खण्डमा फुङलिङबाट डुम्रिसेतर्फ जाँदै गरेको प्र ३–०१–०५ ख ९२७१ नम्बरको राति ११ बजेतिर दुर्घटनामा परेको हो । बाटो मोड्ने क्रममा ब्रेक फेल भएर दुर्घटनामा परेको टिपर सडकबाट अन्दाजी २५ मिटर तल खसेको थियो ।

दुर्घटनामा टिपरका सह–चालक लमजुङ घर भएका १७ वर्षीय कृष्ण विकको ज्यान गएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । टिपरका चालक सिन्धुली घर भएका २४ वर्षीय होमकुमार विक र अर्का चालक ताप्लेजुङ पाथीभरा यङबरक– २ का २० वर्षीय मन्दीप लिम्बू गम्भीर घाइते भएका छन् ।

दुवै जनालाई उपचारका लागि झापातर्फ पठाइएको प्रहरीले जनाएको छ । टिपरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

सम्बन्धित खवर