पथरी १० का खेलाडीको अभद्र व्यवहार : महिला रेफ्रीमाथि हातपात

पथरी १० का खेलाडीको अभद्र व्यवहार : महिला रेफ्रीमाथि हातपात

मोरङको पथरीशनिश्चरे शरणार्थी सिविरमा जारी प्रथम नगर स्तरीय फुटबल प्रतियोगिता अन्तर्गतको मंगलबारको खेलमा महिला रेफ्रि जमुना मगर माथि हातपात भएको छ ।

मंगलबार भएको बेलडागी सिवर र पथरीशनिश्चरे वडा नं। १० बिचको खेल सकिए लगतै पथरीशनिश्चरे वडा नं। १० का खेलाडीहरु संगै मैदान प्रबेश गरेका १० नम्बरका समर्थकहरुले हातपात गरेका हुन् ।

प्रतियोगितामा खेलाडी र समर्थकले हातपात गरेपछि महिला सहायक रेफ्रि जनुना मगरको कानमा चोट लागेको छ ।

पटक पटक लगाएको गोल मान्यता नदिएका भन्दै वडा नम्बर १० का खेलाडी र समर्थक रुष्ट हुँदै आएका थिए । खेल सकिए लगत्तै उनीहरूले रेफ्रीमाथि हातपात गरेका हुन् ।

स्थानीय र शरणार्थीवीच मैत्रीपूर्ण सम्बन्ध कायम रहोस भन्ने उदेश्यका चैत्र ७ देखि सुरु भएको मैत्रिपूर्ण फुटबल प्रतियोगितामा पथरीशनिश्चरे नगरपालिकाको १० टिम र भुटानी शरणार्थी शिविर शनिश्चरे मोरङ र झापाको बेलडागी शिविरबाट दुई–दुई गरी जम्मा १४ टिमको सहभागीता रहेको आयोजनाले जनाएको छ ।

प्रतियोगिताको बिजेता टिमले ७५ हजार रुपैयाँ र दोस्रो हुने टिमले ५० हजार रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन । प्रतियोगिता भुटानी शरणार्थी शिविर स्थित खेलकुद मैदानमा भुटानी शरणार्थी शिविर सी।वाई।सी।को आयोजनामा सुरु भएको थियो ।

सम्बन्धित खवर