ओलीको षडयन्त्रलाई विफल पार्छौँ : माधव नेपाल

ओलीको षडयन्त्रलाई विफल पार्छौँ : माधव नेपाल

काठमाडौं :  नेकपा एमालेका नेता माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई निलम्बन गरेको कदम निरंकुश भएको बताउनुभएको छ । उहाँले ओलीको यो कदम निरंकुश, स्वेच्छाचारी र अधिनायकवादी भएको बताउनुभएको छ ।

नेता नेपालले भन्नुभयो, “यो निर्णय म अस्वीकार र निन्दा गर्छु । यो कम्युनिष्ट पार्टीलाई छिन्नभिन्न बनाउने सोचको उपज हो । यो केपी ओलीको षडयन्त्रको रुपमा बुझेको छु । यो षडयन्त्रलाई विफल पार्न देशभरका कार्यकर्तालाई आह्वान गर्छु । साथै क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणका लागि आह्वान गर्छु । महाभियानमा संलग्न हुन र पुनर्गठन गर्न आग्रह गर्छु ।”

सम्बन्धित खवर