उदयपुर : उदयपुरबाट अबैध लागुऔषध ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन् ।
प्रहरीले विशेष सूचनाको आधारमा त्रियुगा नगरपालिका ११ बाबारानी मार्गबाट दुई जनालाई लागुऔषध सहित शनिबार बेलुका ७ः२० बजे नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ११ बस्ने ३२ वर्षिय दशरथ साह र सोहि ठाउँमा बस्ने २९ वर्षिय विवश राई रहेका छन् ।
उनीहरुको साथबाट ४ ग्राम ब्राउन सुगर प्रहरीले बरामद गरेको हो । उनीहरुलाई ब्राउन सुगर सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।