प्रदेश १ को प्रदेशसभा बैठक चैत २३ गते बस्ने

प्रदेश १ को प्रदेशसभा बैठक चैत २३ गते बस्ने

विराटनगर : प्रदेश १ प्रदेशसभा बैठक चैत २३ गते सोमबार दिउँसो २ बजे बस्ने भएको छ ।

पछिल्लोपटक फागुन ९ गते प्रदेशसभाको बैठक बसेको थियो । त्यसपछि बोलाइएको बैठक पटकपटक बिशेष कारण देखाउँदै स्थगित गरिएको थियो । प्रदेशसभा सचिवालयले आइतबार एक सूचना जारी गर्दै २३ गते दिउँसो २ बजेका लागि बैठक बोलाएको हो ।

मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव प्रदेशसभामा टेबुल भईसकेको छ । गत बुधवार प्रदेश १ एमाले संसदीय दलको बैठकमा दलका नेता मुख्यमन्त्री राईले अविश्वास प्रस्तावमाथिको हस्ताक्षर फिर्ता लिन एमाले सांसदहरुलाई निर्देशन दिएका थिए ।

बैठकमा माधव पक्षका केही सांसद उपस्थित भएर अविश्वास प्रस्तावबाट हस्ताक्षर फिर्ता लिने जानकारी गराएका थिए ।

सम्बन्धित खवर