रतुवामाईमा चैत १९ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु हुने

रतुवामाईमा चैत १९ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु हुने

मोरङको रतुवामाईमा नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु हुने भएको छ ।

रतुवामाई नगरपालिकाको आयोजना र सरस्वती माध्यमिक विद्यालयको व्यवस्थापनमा चैत १९ गतेदेखि २१ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो । प्रतियोगिताका सबै खेलहरु सरस्वती मावि रतुवामाई ६ कादुपाडाको खेल मैदानमा हुने आयोजकले जनाएको छ ।

तीन दिन सम्म चल्ने प्रतियोगिताकोमा एथलेटिक्सका खेलहरु र भलिबल हुने व्यवस्थापक विद्यालयका शिक्षक दिनेश कुमार बिष्टले जानकारी दिनुभयो ।

प्रतियोगितामा रतुवामाईभित्र रहेका मावि तहका सामुदायिक तथा संस्थागत विद्यालयहरुको सहभागिता रहने पनि शिक्षक बिष्टले जानकारी दिनुभयो ।

सम्बन्धित खवर